भारतको बजेट भाषण : नेपाललाई दिने अनुदानमा भारी कटौती

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते २०:१०
भारतको बजेट भाषण : नेपाललाई दिने अनुदानमा भारी कटौती

एजेन्सी

भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा कटौती गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसदमा पेश गरिएको बजेटमा नेपाललाई दिइने अनुदान घटाइ ८ अर्ब भारुमा झारिएको जनाइएको हो । यसअघि आफैले ल्याएको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदानमा करिब ४ अर्ब भारूले कटौती गरेकी छिन् । गत वर्षका तुलनामा भारतले दिने सहयोगमा ३३ प्रतिशतले कटौती गरिएको हो ।

गत वर्ष २०१९–२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो ।नेपाललाई दिइने सहयोग घटाइए पनि भुटानलाई दिइने सहयोगमा भने भारतले वृद्धि गरेको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने बजेटमा प्रस्ताव गरिएको छ । यो गत वर्षको भन्दा करिब ८ प्रतिशत बढी हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतीय संसदमा आव २०२०–२१ का लागि २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेश गरेकी छिन् ।

प्रकाशित : २०७६ माघ १८ गते २०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI