यसरी गर्न सकिन्छ व्यक्तित्व विकास!

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १०:१६
यसरी गर्न सकिन्छ व्यक्तित्व विकास!

हरेक मानिसको आ आफ्नो व्यक्तित्व हुन्छ। व्यक्तित्व मानिसको आचरण हो। व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई अरुसामु कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने पनि हो। रुप , अनुहार र पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन। 

आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा पनि व्यक्तित्वकै आधारमा तय हुन्छ। यसकारण कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ। प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ।

कसरी गर्ने त व्यक्तित्व विकास ?
१. आन्तरिक क्षमता– आन्तरिक क्षमता सफल जीवनका लागि महत्वपूर्ण पक्ष हो। यस्तो शीपले दैनिक जीवनमा वा मानिसहरूसँग साक्षात्कार गर्दा उपयोगी साबित हुन्छ। यस्तो क्षमता भएका व्यक्तिलाई समूहले पनि आवश्यकता महसुस गर्छ। प्रोफेसनल जीवनमा मात्र नभएर व्यक्तित्व विकासमा पनि आन्तरिक क्षमताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

२. असल श्रोता – असल व्यक्तित्वका लागि श्रोता बन्न अति नै आवश्यक पर्छ । एकतर्फी शिक्षाले केही कुरा सिक्न सकिन्छ, न त कसैलाई प्रभावित पार्न नै सकिन्छ । एउटा असल श्रोता बन्न सकेमा साथीहरुको ज्ञान बाट थुप्रै कुरा सिक्न सकिन्छ। त्यसैले पनि बब्क्ता मात्र नबनी उत्कृष्ट श्रोता बन्नु पनि आशश्यक छ। र यो एउटा राम्रो कला पनि हो। तपाईंले कसैको कुरा ध्यानपूर्वक सुन्दै हुनुहुन्छ भने उसले ठान्छ कि ‘मलाई महत्व दिएको छ। ’ यो तपाईको व्यवहारले आत्मीयताको पनि विकास गर्छ।,

३ . प्रस्तुतीकरण – पस्तुतीकरण पनि तपाईको व्यक्तित्व विकासको महत्वपूर्ण पक्ष हो । यदि तपाईं आफ्नो सूचना धेरैभन्दा धेरै मानिसले थाहा पाओस् भन्ने चाहनुहुन्छ भने प्रस्तुतीकरणमा ध्यान दिन जरुरी हुन्छ । प्रस्तुतीकरणले धेरै मानिसलाई आकर्षित गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो क्षमता जुनसुकै पेसामा आवश्यक छ यसका लागि रचनात्मक सोच विकास गर्नेलगायतका गतिविधि गर्नुपर्छ

४. प्रतिबद्धताप्रति प्रतिबद्ध –  इमानदारी वा प्रतिबद्धता व्यक्तित्व विकासका लागि निकै महत्वपूर्ण तत्व हो । यदि तपाईंले कसैसँग वाचा गर्नुभएको छ भने त्यसलाई पूरा गर्न अत्यावश्यक हुन्छ । यस्तो व्यवहारले अरूबाट सम्मान र प्रशंसा आर्जन गर्न सकिन्छ । अरूभन्दा फरक देखाउनका लागि पनि यस्तो व्यवहारले मद्दत र्पुयाउँछ ।

५. नेतृत्व विकास क्षमता –  सबै मानिसलाई आफ्नो क्षेत्रमा सफल हुने चाहना हुन्छ । त्यसका लागि नेतृत्व क्षमताको विकास गर्न पनि अपरिहार्य हुन्छ । आफ्नो व्यवहारमा शिष्टाचार, अनुहारमा मुस्कान एवं आत्मविश्वास छ भने सो व्यक्तिको व्यक्तित्वमा चमक पैदा हुन्छ । तनाव, निराशा, क्रोध, चिडचिडेपनजस्ता भावना हामीले हटाउनुपर्छ । यस्ता नकारात्मक भावनाले व्यक्तित्वलाई नै अनाकर्षक बनाउँछ ।

५. सकारात्मक सोच राख्ने – हामीले सधै सकारात्मक सोच राख्नुपर्छ । आफूबाट गल्ती भए क्षमा माग्न कन्जुस्याइँ गर्नुहुँदैन । कसैले सहयोग गरे वा कसैको सेवा लिइएको भए धन्यवाद भन्न कहिल्यै बिर्सनुहुँदैन । आफ्नो गल्ती लुकाउने , अरूमाथि दोष थोपरेर पन्छिने स्वभावले आफ्नै व्यक्तित्वमा नकारात्मक असर पुराउँछ । यी कुराहरुमा मात्र ध्यान दिएको खण्डमा पनि आफ्नो व्यक्तित्व विकास गर्न सहयोग पुराउँछ ।

प्रकाशित : २०७६ माघ १९ गते १०:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI