वर्तमान सरकारको दुई बर्षे कार्यकाल निराशा र अभावमा वितेको काग्रेस नेता रिजालको टिप्पणी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १६:१६
वर्तमान सरकारको दुई बर्षे कार्यकाल निराशा र अभावमा वितेको काग्रेस नेता रिजालको टिप्पणी


बिष्णु गौडेल/कावासोती ,
वर्तमान सरकारको दुई वर्षे कार्यकाल निराशा र अभावमा वितेको नेपाली कागै्रसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले टिप्पणी गर्नु भएको छ । मध्यवर्ती वहुमुखी क्यापस कावसाोती १७ गोछडा नवलपुरमा सञ्चालित धनधान्याञ्चल ज्ञानमहायज्ञको समापन गर्दै काग्रेस नेता मिनेन्द्र रिजालले जनतमा निराशा र अभाव छाएको वर्तमान परीवेशमा सरकारले गति लिने कुनै छाट नलिएको वताउनु भएको हो । जनताको आशा वर्तमान सरकारले टुटाएको अहिलेको परिवेशमा जनताको विश्वास कायम राख्न कांग्रेस नेताहरु जनभावना अनुसार प्रतिवद्ध भएर लागिपर्ने वताउनु भएको थियो । त्यसैगरी फरक प्रसंगमा उहाले देशमा आउने पर्यटकहरु को वसाइ लमव्याउन विशेष योजना वनाउन आवश्यक रहेको वताउनु भएको थियो । नेपाल भ्रमणका लागि आउने पर्यटकहरुलाइ उत्कृष्ट गन्तव्यहरुको अवलोकन संगै गुणस्तरीय वसाइएको व्यवस्था गर्न आवश्यक रहेको औल्याउनु भयो । नवलपुर जिल्लामा पर्यटकीय क्षेत्रको प्रसस्त सम्भावना रहेको वताउदै काग्रेस नेता रिजालले स्थानिय जनताको सक्रियतामा भइरहेको विकाशको प्रसंसा गर्नु भएको थियो ।

मध्यवर्ति वहुमुखी क्यापस गोछडामा स्नातक तहमा होटेल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्षका साथ गत माघ ११ गते देखि सुरु गरिएको धनधान्याञ्चल ६ करोड वरावरको दानरकम संकलन गर्दै सम्पन्न भएको छ ।

प्रकाशित : २०७६ माघ १९ गते १६:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI