नेकपा उपाध्यक्षमा वामदेव गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १६:१७
नेकपा उपाध्यक्षमा वामदेव गौतम

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन्।

आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्।

यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो।

केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिए।

प्रकाशित : २०७६ माघ १९ गते १६:१७
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI