६ करोड वरावरको दानरकम संकलन गर्दै मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाको धनधान्याञ्चल सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १६:२१
६ करोड वरावरको दानरकम संकलन गर्दै मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाको धनधान्याञ्चल सम्पन्न

बिष्णु गौडेल/कावासोती
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा सञ्चालित धनधान्याञ्चल ज्ञान महा यज्ञ करिव ६ करोड वरावरको दानरकम संकलन गर्दै सम्पन्न भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत माघ ११ गते देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञ नगद, भुमि र वोलकवोल दान गरि ६ करोड संकलन गर्दै आइतवार समापन भएको हो । मध्यवर्ती बहुमुखी क्यापसका लागि सघिय सांसद तिलक महतले ५१ लाख रकम प्रदान गर्ने घोषणा गर्नु भएको छ । संसद विकास कोषको रकम मध्यवाट चालु आर्थिक वर्षमा २० लाख र आगामि आर्थिक वर्षमा ३१ लाख गरि ५१ लाख प्रदान गर्ने सांसद तिलक महतले घोषणा गर्नु भएको हो ।

त्यसैगरी समाजसेवि एवम् नेपाली काग्रेसका महासमिती सदस्य बिष्णु कुमारी कार्किले २१ लाख प्रदान गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी कावासोती नगरपालिकाले मध्यवर्ति वहुमुखी क्यापसको ४ कोठे भवन निर्माण गर्ने नगर प्रमुख चन्द्राकुमारी पुनले घोषणा गर्नु भएको छ । त्यसैगरी गण्डकी प्रदेश सासंद एवम् नेपाली काग्रेस नवलुर जिल्ला अध्यक्ष बिष्णु प्रसाद लामिछानेले ४ लाख प्रदान गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी कावासोती १७ ढेवरेनि टार निवासी खेमराज पौडेल वाट ३० लाख १ हजार १ सय ११ प्रदान गर्नु भएको छ । कावासोती १७ गोछडा निवासी भुपति मान श्रेष्ठले २७ लाख ५ हजार ५ सय ५५ वरावरको भुमि दान गर्नु भएको छ । त्यसैगरी कावासोती १७ गोछडा निवासी युक्त प्रसाद गौडेल सहित गौडेल परिवारले नगद १ लाख ३३ हजार १ सय ११ रुपौया प्रदान गर्नु भएको छ । कावासोती १७ निवासी प्रसराम थारु वाट ३ लाख २५ हजार १ सय ११ प्रदान गर्नु भएको छ। त्यसैगरी कावासोती ३ निवासी समाजसेवि भोजराज दाहाल वाट १ लाख ५१ हजार वरावरको अक्षकोष घोषणा गर्नु भएको छ । कावासोती १७ गोछडाटार निवासी रामकृष्ण ढुङगानाले १ लाख १ हजार १ सय ११, कावासतोती १७ गोछडा निवासी गिरीधारी महत्तोले १ लाख ५ हजार , कवासोती १७ वरौलिटार निवासी खडग वाहादुर गुरुङले ५१ हजार १ सय ५५ , कावासोती १७ वरौलिटार निवासी धन वाहादुर गुरुङले ५० हजार १ सय ५ प्रदान गर्नु भएको धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महत्तोले जानकारी दिनु भयो । यसअघि धनधान्याञ्चलमा कावासोती १७ निवासी भिमकुमारी महत्तोको परीवारले ४२ लाख ५ हजार ५ सय ५५, कावासोती नगरपालिका १७ गोछडा निवासी रेवनाथ ढुंगाना र सीता ढुंगानाले २५ लाख ११ हजार १ सय ११ , मध्यविन्दु नगरपालिका ३ निवासी धन वहादुर कुमालको परिवारले २५ लाख ३४ हजार १ सय ५ , कावासोती १७ गोछडाका नन्दकिशोर आचार्यले नगद ३ लाख ५१ हजार १ सय ११ रुपया प्रदान गर्नु भएको छ ।

सरस्वती माध्यमिक विधालय गोछडाको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो । धनधान्याञ्चल ज्ञान महायज्ञको समान कार्यक्रम पुर्व सञ्चार मन्त्री एवम् नेपालि काग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीले प्रवचन गर्नु भएको थियो ।

प्रकाशित : २०७६ माघ १९ गते १६:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI