न्युजिल्यान्ड विरुद्धको टि-20 श्रङ्खला भारत द्वारा क्लिन स्विप

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १८:१६
न्युजिल्यान्ड विरुद्धको टि-20 श्रङ्खला भारत द्वारा क्लिन स्विप

काठमाडौं : भारतले न्यूजिल्यान्डविरुद्धको पाँच खेलको टी-ट्‍वेन्टी सिरीज क्लिनस्वीप गरेको छ। न्यूजील्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले माउन्ट माउँगानुईमा खेलिएको अन्तिम खेलमा ७ रनको जित निकाल्न सफल भयो। योसँगै भारतले न्यूजिल्यान्डलाई ५-० ले हराउँदै सिरीज कब्जा गरेको हो। टस जितेर पहिले ब्याटिङ्गमा उत्रिएको भारतीय टोलीले निर्धारित २० ओभरमा ३ विकेट खर्चदै १ सय ६३ रनको स्कोर बनाएको थियो। 

१ सय ६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले पुरा ओभरमा ९ विकेट गुमाउँदा १ सय ५६ रन मात्र बनाउन सक्यो। पहिलो पटक पाँच खेलको टी-ट्‍वेन्टी सीरिज खेलिएकोमा भारतले सबै खेल जितेर इतिहास रच्न सफल भएको हो।  यससँगै टी-ट्‍वेन्टी अन्तराष्ट्रिय टी-ट्‍वेन्टीको इतिहासमा भारतीय टोलीले उत्कृष्ट प्रदर्शन देखाउँदै द्धिपक्षीय टी-ट्‍वेन्टी सीरिजमा ५-० को जित हासिल गर्ने पहिलो टोली बनेको छ। अब दुवै देशवीच तीन एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरीज हुनेछ। दुवै देशले पहिलो खेल आगामी बुधवार हेमिल्टनमा खेल्नेछन्।

प्रकाशित : २०७६ माघ १९ गते १८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI