काठमाडौंबाट हटाइँदैछन् यी पेट्रोल पम्पहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २० गते ७:०९
काठमाडौंबाट हटाइँदैछन् यी पेट्रोल पम्पहरु
A petrol pump attendant (L) puts petrol priced at Rs 99 per litre into a car at a Sajha Petrol gas station in Kathmandu, Nepal, January 27, 2016. A dramatic drop in oil prices, driven down by a glut in supply, is translating into a mixed bag for motorists. All countries have access to the same oil prices on international markets, but retail prices vary wildly, largely because of taxes and subsidies. Reuters

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । 

सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए। 

उनले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइनेछ।

काठमाडौँबाट हटाइने पेट्रोल पम्पहरू-

  • कोत थुकु पेट्रोल पम्प, बालाजु
  • जयन्ती पेट्रोल पम्प, थापाथली
  • कनक पेट्रोल पम्प, कालीमाटी
  • मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
  • बाबा पेट्रोल पम्प, कलङ्की
  • श्यामा पेट्रोल पम्प, कलङ्की
  • त्रिशूल पेट्रोल पम्प, कलङ्की
  • भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
  • कामाख्या पेट्रोल पम्प, कोटेश्वर
  • जुबी पेट्रोल पम्प, बौद्ध
  • बराल पेट्रोल पम्प, बौद्ध
  • सीता पेट्रोल पम्प, महाराजगञ्ज
प्रकाशित : २०७६ माघ २० गते ७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI