गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ। २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो।
गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको भने केही दिन अघि नै राजीनामा स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन्। खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन्। यससँगै २२ माघदेखि निजामती क्षेत्रमा चार सचिव पद रिक्त हुने भएको हो। हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवा निवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ। सो पदसहित पाँच सचिव पद रिक्त हुने अवस्थामा पुगेको हो।
प्रकाशित : २०७६ माघ २० गते ७:१४
No ads found for this position
Facebook Comment