No ads found for this position

रंगशालामा महायज्ञः उद्घाटनको दिनमै उठ्यो साढे ६ ट्रक धान

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २० गते ७:५५
No ads found for this position
रंगशालामा महायज्ञः उद्घाटनको दिनमै उठ्यो साढे ६ ट्रक धान
No ads found for this position

चितवन,माघ १९-

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटनको दिनमै ६ सय ५० क्वीनटल ( साढे ६ ट्रक) धान उठेको छ । धानधन्याचल उपसमितिका संयोजक खडानन्द कँडेलले सुरुवातको दिनमै ठूलो परिमाणमा धान संकलन भएको बताए । उनले सो धान १७ लाख ५५ हजार बराबरको भएको जानकारी दिए । कँडेलका अनुसार महोत्सव अवधिभर पाँच हजार क्वीनटल धान उठाउने लक्ष्य राखिएको छ ।

महोत्सवमा सोमबारबाट पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत माहापुराणको प्रवचन हुनेछ । यस्तै भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

२६ गतेसम्म चल्ने महोत्सवबाट ५० रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रकाशित : २०७६ माघ २० गते ७:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI