यसकारण जोखिमपूर्ण छ नेपाली श्रमिकका लागि मलेसिया

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २० गते ८:०१
यसकारण जोखिमपूर्ण छ नेपाली श्रमिकका लागि मलेसिया

नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ । 

विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये लगभग २ हजार ५ सयले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । योे समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

प्रकाशित : २०७६ माघ २० गते ८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI