नवलपुरमा माघ २४ देखि बुद्धिचाल प्रतियोगिता हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २० गते १२:३३
नवलपुरमा माघ २४ देखि बुद्धिचाल प्रतियोगिता हुने

कावासोती, नवलपुर।

नवलपरासीको कावासोतीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता माघ २४ देखि २६ गते सम्म कावासोतीको मध्यविन्दु कलेजमा हुने भएको छ।
नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरले सोमबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार रुपैयाँ, द्वितीय हुनेलाई ९ हजार रुपैयाँ, तृतीय हुनेलाई ६ हजार रुपैयाँ, चौथो हुनेलाई दुई हजार रुपैयाँ र पाँचौ हुनेलाई १ हजार रुपैयाँ पुरस्कार राखिएको बताएको छ।
त्यस्तै, कम उमेर समूहका एक जना, उत्कृष्ठ खेलाडि एक जना, शारिरीक रुपमा असक्त खेलाडी एक जना र बढी उमेर समूहका एक जना गरी ४ जनालाई नगद एक हजारका दरले पुरस्कार प्रदान गर्ने कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलले बताए।
प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरूले एक सय रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

प्रकाशित : २०७६ माघ २० गते १२:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI