काठमाडौँ । लोकगायक बद्री पंगेनीलाई पितृ शोक परेको छ । उनका पिता बोधराज पंगेनीको ७० वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।काठमाडौँको गायक पंगेनीको निवास धापासीबाट उपचारको लागि ग्रिनसिटी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै निधन भएको परिवारले जनाएको छ । उनि दमको रोगबाट पीडित थिए । उनको पाल्पाको रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका दुई छोरा मध्ये जेठा छोरा गायक पंगेनी, अर्का छोरा रविन्द्र पंगेनी तथा एक छोरी भृकुटी रहेका छन् । स्व. पंगेनीका श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पंगेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश विजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् । पंगेनीको शव ग्रिनसिटी अस्पतालबाट एम्बुलेन्समार्फत पाल्पा रामपुर पठाई सकिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले जानकारी दिए ।
प्रकाशित : २०७६ माघ २० गते १६:५०
No ads found for this position
Facebook Comment