नेविसंघ नवलपुर स्ववियु निर्वाचनमा जुटदै : क्याम्पसहरुमा प्रतिनिधि तोकिए ( सुचि सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २० गते १७:३४
नेविसंघ नवलपुर स्ववियु   निर्वाचनमा जुटदै : क्याम्पसहरुमा प्रतिनिधि तोकिए ( सुचि सहित)

कावासोती-नेपाल विद्यार्थी संघ नवलपुर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जुटेको छ ।त्रिभुवन विश्वविद्यालयले यहि फाल्गुन १४ गतेका लागि घोषणा गरेको स्ववियु निर्वाचनमा स्ववियु निर्वाचन हुने क्याम्पसमा आफ्ना उमेदवार निर्वाचित गराउनका लागि र नेविसंघ ईकाई गठन नभएका, निष्क्रिय रहेका र कार्यकाल सकिएका क्याम्पसहरुमा ईकाई गठन तथा संगठन बिस्तारको लागि प्रतिनिधिको तोकिएको नेविसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलले बताए । जिल्लाको जेठो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पस र गैंडाकोटमा रहेको कालिका संस्कृत विद्यापिठमा मात्र अहिलेसम्म निर्वाचन हुँदै आएको र अन्य मापदण्ड पुगेका क्याम्पसहरुमा पनि स्ववियु निर्वाचनका लागि अन्य विद्यार्थी संगठनहरु संग संवाद गरि त्रिभुवन विश्वविद्यालय सँग निर्वाचनको माग गरिने अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेल द्वारा आज जारी गरिएको विज्ञप्तिमा अहिलेसम्म स्ववियु निर्वाचन हुने क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसमा हरि सुवेदी र कालिका संस्कृत विद्या पिठ गैंडाकोटमा रामचन्द्र रानाभाटलाई प्रतिनिधि तोकिएको छ ।


” त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । विसं २०७३ मा निर्वाचन घोषणा भए पनि नवलपुरका कुनै पनि क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु हाम्रो ईतिहास हो, हाम्रा अग्रजहरुले कडा संघर्षका साथ स्थापना गरेको स्वतन्त्र विद्यार्थीको निर्वाचनको मिति घोषणाले हामीमा उर्जा थपिएको छ , जिल्लामा सक्रिय विद्यार्थी संगठनहरु एकमत भएमा अन्य मापदण्ड पुगेका क्याम्पसहरुमा स्ववियु निर्वाचन माग गर्न सकिन्छ” अध्यक्ष पौडेलले बताए ।

प्रकाशित : २०७६ माघ २० गते १७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI