No ads found for this position

बेल्जियममा दुई नेपालीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते ६:४६
No ads found for this position
बेल्जियममा दुई नेपालीको मृत्यु
No ads found for this position

बेल्जियममा रहेका दुई नेपालीको एउटै समस्याले मृत्यु भएको छ। पोखरा महानगरपालिका १७ घर भई २२ वर्षदेखि बेल्जियमको लुभेनमा बस्दै आएका मीनराज शेरचन–श्याम वकिल) र २० वर्षदेखि कोनेक्केमा बस्दै आएका स्याङजाका भिम (बिनोद) गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।

उनीहरु दुवैजनाको लिभर ड्यामेज भएका कारण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

४८ वर्षिय विनोदको आइतबार (फेब्रअरी २) मा उपचारका क्रममा  गेन्टस्थित अस्पतालमा मृत्यु भएको हो भने उनका २ छोराछोरी रहेको बताइएको छ।

गुरुङको शबलाई नेपाल पठाउने कि बेल्जियममै दाहसंस्कार गर्ने भन्नेमा छलफल भइरहेको बेल्जियमबाट होम गुरुङले बताएका छन्।

गैरआवासीय नेपाली संघ बेल्जियमका पन्जिकृत सदस्यसमेत रहेका मीनराज शेरचनको २८ जनवरीमा लुभेनस्थित  Gasthuiberg Hospital  मा मृत्यु भएको हो । उनको आज दाहसंस्कारको कार्यक्रम रहेको पनि गुरुङले संसारन्युजलाई बताए ।

प्रकाशित : २०७६ माघ २१ गते ६:४६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI