चीनबाट फर्किएका थप एक विद्यार्थीमा कोरोना भाइरस

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते ७:००
चीनबाट फर्किएका थप एक विद्यार्थीमा कोरोना भाइरस

चीनको वुहानमा अध्ययनरत् एक भारतिय विद्यार्थीमा नोभल कोरोनाको संक्रमण भेटिएको छ । चीनबाट फर्किएलगत्तै भारतको केरलामा जाँच गर्दा उनमा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ।

परिचय गोप्य राखिएका ती संक्रमित चीनको वुहानमा अध्ययनरत् थिए। उनी गत सातामात्रै केरला फर्किएका थिए। ‘उनको अवस्था स्थिर रहेको र उच्च निगरानीमा राखिएको’ भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ।

स्वास्थ्य राज्यमन्त्री केके शैलजाले केरलामा उच्च सतर्कता अपनाइएको जानकारी दिँदै सर्वसाधारणलाई नआत्तिन अपील गरेकी छन्। चीनबाट फर्केका ती संक्रमितको सम्पर्कमा आएका ६४ जनाको पनि परिक्षण भइरहेको छ। चीनबाट हालसालै भारत फर्केका अन्य सय जना पनि उच्च निगरानीमा छन्।

प्रकाशित : २०७६ माघ २१ गते ७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI