No ads found for this position

थाइल्याण्डमा बन्यो कोरोना भाइरसको औषधि, ४८ घण्टामै विरामी निको हुने दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते ७:०८
No ads found for this position
थाइल्याण्डमा बन्यो कोरोना भाइरसको औषधि, ४८ घण्टामै विरामी निको हुने दाबी
No ads found for this position

एजेन्सी। तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ३६२ जनामो मृत्यु भइसकेको छ।  १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्।

यसै क्रममा थाइल्याण्डका डाक्टरले केही औषधि मिलाएर नयाँ औषधि बनाएका छन्। जसबाट कोरोना भाइरसको संक्रमणका विरामी निको हुने दाबी गरिएको छ।  थाइल्याण्डका डाक्टर क्रिएनसक अतिपार्नवानिचले ७१ वर्षीया महिलालाई आफूले निर्माण गरेको औषधि दिएर ४८ घण्टामा ठिक बनाएको दाबी गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट ग्रस्त विरामी उक्त औषधि दिएको १२ घण्टामा बेडबाट उठेर बस्न सक्ने भएको उनले बताएका छन्। ती महिला त्यो भन्दा अघि केही गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ।

४८ घण्टामा ती महिला ९० प्रतिशत ठिन भएको ती डाक्टरले बताएका छन्। केही दिनमा अब ती महिलालाई पूर्ण रुपमा ठिक बनाएर डिस्चार्ज गर्ने तयारी रहेको उनको भनाइ छ। डाक्टर क्रिएनसकले भनेका छन्, हामीले ल्याबमा यस औषधिको परीक्षण गर्दा यसबाट सकारात्मक नतिजा मिल्यो।

त्यसपछि विरामीमा प्रयोग गरेको १२ घण्टामै विरामीलाई राहत मिलेको थियो।  उनले कारोना भाइरसको उपचारका लागि आफूले एन्टी फ्लू ड्रग ओसेल्टामिविरमा लोपिनाविर र रिटोनाविर मिलाएर नयाँ औषधि बनाएको बताएका छन्।  ओसेल्टामिविरलाई एचआइभीको उपचारका लागि प्रयोगमा ल्याइने गरिन्छ। थाइल्याण्डमा अहिलेसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ। जसमध्ये ८ विरामीलाई १४ दिनमा ठिक बनाएर घर पठाइसकेको छ भने ११ जनाको अहिले पनि उपचार भइरहेको छ। 

प्रकाशित : २०७६ माघ २१ गते ७:०८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI