माघ २७ मा गैँडाकोटमा प्याब्सन एजुकेशन एक्सपो हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते १२:११
माघ २७ मा गैँडाकोटमा प्याब्सन एजुकेशन एक्सपो हुने

प्रकाश भण्डारी। माघ २१ गैँडाकोट

गैँडाकोट प्याब्सनको आयोजनामा यहि माघ २७ गते प्याब्सन एजुकेशन एक्सपो हुनेभएको छ। बिद्यार्थीहरूको ज्ञान, सीप, कला तथा विद्यार्थीहरूमा भएका प्रतिभाहरूलाई प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको गैँडाकोटमा आज आयोजित पत्रकार सम्मेलनमा गैँडाकोट नगर प्याब्सनका अध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले जानकारी गराउनुभयो।   

गैँडाकोट नगरभित्र रहेका २७ संस्थागत विद्यालयमध्ये १३ विद्यालयबाट बिभिन्न विधामा सहभागिता रहने छ। प्रत्येक विद्यालयबाट न्युनतम एक स्टल र बढीमा ३ स्टल रहने उक्त प्रर्द्धशनीमा कुनै पनि विद्यालयसँग नदोहोरिने प्रकारका स्टलको व्यवस्था गरिने छ।

प्रर्द्धशनीका लागी बिधागत रूपमा बिभिन्न ३ समितिहरू गठन गरिएको छ। उक्त समितिका संयोजकहरूमा अनिल सापकोटा-बिज्ञान प्रर्द्धशनी, लक्ष्मण पौडेल-साँस्कृतिक तथा लक्ष्मण दवाडी शैक्षिक तथा खानामा रहनु भएको छ।

कार्यक्रम गैँडाकोट नगर कार्यपालिकाको मुख्य कार्यालय पछाडि रहेको नगरपालिकाको खाली जग्गामा हुनेछ भने कार्यक्रमको खर्च ५ लाख अनुमान गरिएको आयोजकले जनाएको छ।

हाल गैँडाकोट नगरभित्र ३८ सामुदायिक विद्यालयहरू रहेका छन्।त्यस्तै मन्टेश्वरी, आधारभुत तह तथा माध्यामिक र संस्थागत लगायतका विद्यालयहरूको संख्या २७ रहेको छ। समग्र रूपमा नगरभित्र १२ हजार ५०० विद्यार्थी र करिब १ हजार शिक्षक हरूले प्रत्यक्ष रोजगार पाएको न्यौपानेले जानकारी गराउनु भयो।

प्रकाशित : २०७६ माघ २१ गते १२:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI