No ads found for this position

एमसिसीको फुलफर्म थाहा नभएकाले बजारमा बहस गरे: परराष्ट्र मन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते १४:३५
No ads found for this position
No ads found for this position

रासस

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्। सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने ज्ञवालीको भनाइ छ । आजदेखि गुल्मीमा सुरू हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका मन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने बताए। उनले एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरूले यसविरुद्धमा बजारमा बहस सुरू गरेको टिप्पणी गरे।
चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको ज्ञवालीको भनाइ छ।  

फरक प्रसंगमा उनले पार्टीहरू लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै उनले पार्टीहरू कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने  बता दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे।  जनताको वर्षौंदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे

प्रकाशित : २०७६ माघ २१ गते १४:३५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI