कावासोती-१३ जाने बाटोमा सरसफाइ सम्पन्न,फोहोर फाले कार्वाही गर्छौ : वडा अध्यक्ष राना

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते २०:५७
कावासोती-१३ जाने बाटोमा सरसफाइ सम्पन्न,फोहोर फाले कार्वाही गर्छौ : वडा अध्यक्ष राना

नवलपुर टाईम्स संवादाता/कावासोती

कावासोती -१३ जाने पुर्व पश्चिम राजमार्ग देखि दक्षिण तिरको बाटोमा फोहोर फालेको पाईएमा कार्वाही गरिने कावासोती – १३ का वडा अध्यक्ष विनोद राना मगरले बताएका छ्न । सिमसार दिवसको अवसर पारेर आज कावासोती-१३ मा सम्पन्न सरसफाइ कार्यक्रमको समापनमा बोल्दै रानाले यस्तो बताएका हुन । कावासोती बजार क्षेत्रमा निस्कने फोहोर लगेर बाटोको किनार र जंगलक्षेत्रमा अव्यवस्थित तरिकाले फोहोर बिसर्जन हुँदै आएको जसले गर्दा यो बाटो भएर हिडने जो कोहिले पनि सास्ती खेप्नु परेको र यस क्षेत्रमा फालिने फोहोरले कावासोतीको तल्लो भेगका जनतालाई कष्ट पुर्‍याएको बताउदै रानाले यस क्षेत्रमा फोहोर नफाल्न आग्रह गर्दै फोहोर फालेको पाईए कानुन बमोजिम कार्वाही गरिने बताए ।


कावासोती नगरपालिका वडा नं १३ को आयोजना एवं लामिचौर उपभोक्ता समितिको सह आयोजनामा पुर्व पश्चिम राजमार्ग बाट कावासोती-१३ जाने बाटो को दुबै किनारामा सरसफाइ गरिएको हो । शान्ति मध्यवर्ती सामुदायिक वन र मनकामना सामुदायिक वनको सिमाना भएर जाने बाटोमा अव्यवस्थित रुपमा फालिएको फोहोर संकलन गरि व्यवस्थापन गरिएको हो । कावासोती-१३ का वडा अध्यक्षको अध्यक्षता मा सुरु भएको कार्यक्रममा लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेल , शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतनारायण चौधरी विभिन्न संघ संस्था तथा टोलविकास संस्थाका पदाधिकारी एवं सदस्यहरुको बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष रानाले यस क्षेत्रमा बजार क्षेत्रको फोहोर फाल्नाले सम्पुर्ण वातावरणमा नकारात्मक असर पारेको बताउदै यस स्थानमा फोहोर फालेको पाईएमा नियमानुसार कार्वाही गरिने बताएका छ्न ।

कार्यक्रम कावासोती नगरपालिका वडा नं १३ को आयोजना एवं लामिचौर उपभोक्ता समितिको सह आयोजनामा एवं आइसल्याण्ड जंगल रिसोर्ट , शान्ति मध्यवर्ती सामुदायिक वन, जटायु रेष्टुरेन्ट र कावासोती १३ का विभिन्न टोल विकास संस्थाको समन्वयमा सम्पन्न गरिएको हो।

प्रकाशित : २०७६ माघ २१ गते २०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI