टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २२ गते १०:५३
टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमनबीचको खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले  टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

फाईल तस्बिर

नेपाली प्लेइङ–११
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अबिनास बोहरा, रोहितकुमार पौडेल, सुशन भारी

ओमन प्लेइङ–११
जिशान मक्सुद (कप्तान), जतिन्दर सिंह, अबिब इलास, महम्मद नदिम, खवार अली, अकिव अली, सन्दीप गौड, महम्मद नसीम, बादल सिंह, कलीमुल्लाह, बिलाल खान

माघ २९ गतेसम्म चल्ने सिरिजमा २३ गते ओमन र अमेरिका, २५ गते नेपाल र अमेरिका, २६ गते नेपाल र ओमन, २८ गते अमेरिका र ओमन तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : २०७६ माघ २२ गते १०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI