फागुन १२ गते गैँडाकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २२ गते १६:२२
फागुन १२ गते गैँडाकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

प्रकाश भण्डारी। माघ २२ गैँडाकोट, नवलपुर

नवलपुरको गैँडाकोटमा फागुन १२ गते “शिक्षाको रूपान्तरणमा युवाको भूमिका” शिर्षकमा जिल्लास्तरको वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।

राष्ट्रिय युवा परिषदले आ.व. २०७६/७७ मा गैँडाकोट नगरपालिकामा हस्तान्तरण गरेको कार्यक्रम अन्तर्गत युवा प्रतिभाहरूको खोजी र प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण चापागाईंले जानकारी गराउनु भयो।

उक्त जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा १६ देखि २४ उमेर समूहका युवाहरूले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने सहभागीलाई पुरस्कार सहित प्रमाणपत्र दिईने छ। साथै प्रथम स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई २०७६ फागुन १५ गते पोखरामा हुने प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउने अवसर प्रदान गरिने आयोजक गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।

प्रतियोगिता जनक मा.वि को हलमा गैँडाकोट ५ मा फागुन १२ गते बिहान ११ बजे हुने छ।

नाम दर्ताको निमित्त जनक मा.वि का श्री नरेन्द्र कमाल (९८४५४६८१४३) लाई सम्पर्क गरी आफ्नो उमेर र जिल्लाको बासिन्दा भएको प्रमाण खुल्ने कागजात सहित मिति २०७६।११।११ गते दिउसो २:०० बजे भित्र सम्पर्क गर्नुपर्नेछ।

सहभागीले आतेजाते लगायतको खर्चको व्यवस्था आफैले गर्नुपर्नेछ।

प्रकाशित : २०७६ माघ २२ गते १६:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI