No ads found for this position

चिकित्सक संघ निर्वाचन : मतगणना सुरु गर्ने सहमति, मतपत्र च्यात्नेको सदस्यता खारेज हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २२ गते १९:३८
No ads found for this position
चिकित्सक संघ निर्वाचन : मतगणना सुरु गर्ने सहमति, मतपत्र च्यात्नेको सदस्यता खारेज हुने
No ads found for this position

काठमाडौं- सबै उम्मेद्वारसँग भएको लामो छलफलपछि नेपाल चिकित्सक संघको मतगणना सुरु गर्ने सहमति भएको छ । सहमतिपछि तीन स्थानमा मतगणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ।  पहिले उपत्यका बाहिरको मतगणना सुरु गर्ने र सबै मतपत्र एकै ठाउँमा मिसाएर गणना हुने सहमति भएको बताइएको छ। साथै, मतगणनाका क्रममा उम्मेदवारले मतपत्र च्यात्ने कार्य गरेमा  उम्मेदवारी रद्द हुनुका साथै सदस्यता र व्यक्तिले च्यातेमा सो व्यक्तिको संघकाे सदस्यता खारेज गर्ने समेत सहमति भएको छ। बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतगणनाका विषयमा विवाद बढ्दै गएपछि सुरु हुन सकेको थिएन। निर्वाचन समितिले सबै उम्मेदवारसँग छलफल गरी केहीबेरमा मतगणना सुरु गर्ने सहमति जुटाएको हो। 
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट समावेशी समूहका अध्यक्ष उम्मेदवार डा पुष्पमणि खराल र महासचिव उम्मेदवार डा मधुर बस्नेतले मतगणना एक स्थानमा मात्र गर्नुपर्ने भन्दै विवाद झिकेपछि दुवै पक्षबीच चर्काचर्की समेत भएको थियो। एक ठाँउमा मात्र गणना गर्नुपर्ने र प्रोजेक्टरमा देखाउनु पर्ने भन्दै समावेशी समूहले विवाद गरेपछि दुवै पक्षबीच चर्काचकी बढ्दै मतगणना कार्य सुरु हुन सकेको थिएन। 

संंघको नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ गते मतदान भएको थियो भने उपत्यकाभित्र १७ देखि २१ गतेसम्म मतदान भएको थियो। निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ। संघको अध्यक्षका लागि लोकतान्त्रिक र समावेशी समूहबीच प्रतिस्पर्धा छ। 

प्रकाशित : २०७६ माघ २२ गते १९:३८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI