सिपिएल : ईलिमिनेटरमा सौराहा र भरतपुर भिडने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २२ गते १९:५९
सिपिएल : ईलिमिनेटरमा सौराहा र भरतपुर भिडने

चितवन,माघ २२-

सिएसी चितवन प्रिमियर लिगको आज भएको अन्तिम खेलमा इच्छाकामना वारीयर्सलाई ३६ रनले हराउँदै सौराहा स्याण्ड्स इलिमिनेटरमा प्रवेश गरेको छ । सौराहाले लिगको दोस्रो स्थानमा रहेको भरतपुर गुर्खाजसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सौराहाले दिएको १४६ रनको लक्ष्य पक्षाएको इच्छाकामना निर्धारित ओभरमा १ सय ९ रनमा अल आउट हुन पुग्यो । इच्छाकामनाका लागि केशवजंग क्षेत्रीले २३ र गौतम केसीले १९ रन बनाए । अन्य व्याट्सम्यानले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सौराहाका लागि आकाश चन्दले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चदैं ३ विकेट लिए । यस्तै राजेश लम्सालले ४ ओभरमा २० रन खर्चदैं ३ विकेट लिए ।

प्रकाशित : २०७६ माघ २२ गते १९:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI