No ads found for this position

क्रिकेट रङ्गशाला उद्घाटनका लागी ट्रम्प भारत आउँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २३ गते ११:११
No ads found for this position
क्रिकेट रङ्गशाला उद्घाटनका लागी ट्रम्प भारत आउँदै
No ads found for this position

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना भारत भ्रमणका लागि आउने हुनुभएको छ।

भारत भ्रमणका लागि आउनुहुने ट्रम्प गुजरात पनि पुग्ने बताइएकोछ। ट्रम्प भारत आउने चर्चासँग गुजरात सरकारले भ्रमणको तयारी सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अहमदाबादमा रहेको सबैभन्दा ठूलो सरदार पटेल क्रिटेट रङ्गशालाको उद्घाटन ट्रम्पबाट गराउने तयारी रहेको समाचारमा जनाइएको छ। जसका लागि अहिले त्यहाँको सरकारले तिब्र रुपमा तयारी सुरु गरेको छ।  गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी भ्रमणमा गएका बेला टेक्सासमा हाउडी मोदी कार्यक्रमको आयोजना गरिएको थियो।

त्यसकै प्रयोगका लागि भारतले अब अमेरिकी राष्ट्रपति ट्रम्पका लागि केमछो ट्रम्प कार्यक्रमको आयोजना गर्ने समाचारमा जनाइएको छ।  एक लाख १० हजार क्षमताको उक्त क्रिकेट रङ्गशालाको उद्घाटन दुई देशका प्रधानमन्त्रीले गर्ने बताइएको छ।  

प्रकाशित : २०७६ माघ २३ गते ११:११
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI