No ads found for this position

पैसाले कसरी प्रभावित पार्छ यौन जीवन ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २३ गते १२:३४
No ads found for this position
पैसाले कसरी प्रभावित पार्छ यौन जीवन ?
No ads found for this position

एजेन्सी / पैसा र यौन जीवनका विषयमा अहिले संसारका धेरै देशमा अध्ययन भैरहेको छ । विभिन्न प्रकारका अध्ययनको निष्कर्षलाई आधार मान्ने हो भने यौन जीवनसँग पैसा र पैसासँग यौन जीवन जोडिएको देखिन्छ । पैसाको दबाबले यौन जीवनलाई असर गरेपछि व्यक्तीको वैवाहिक जीवनमा पनि असर देखिन्छ । त्यसैले अनुसन्धानकर्ताले पैसा वा प्रेम मध्ये एक रोज्न सल्लाह दिन्छन् । जीवनमा दुवैकुराको महत्वलाई ध्यान दिएर जीवनलाई सफल बनाउनु पर्नेमा अनुसन्धानकर्ताको जोड रहेको छ ।

पैसा कमाउने ध्यानले प्रेम जीवन समाप्त हुने र प्रेम जीवनको प्रभावमा पर्नेहरु पैसासँग टाढा हुने खालको समस्या विश्वव्यापी रहेको छ । त्यसैले यसलाई ब्यालेन्स बनाएर संगसंगै जानुपर्नेमा केहीले जोड दिएका छन् । अमेरिकाको एक विश्वविद्यालयले गरेको अध्ययनमा तनाव र दबाबको मुख्यकारणको रुपमा पैसा रहेको तथा त्यसको असर मानिसको यौन जीवनमा पनि परिरहेको फेला परेको छ । पैसा बिनाको प्रेम र प्रेम बिनाको पैसा दुवैमा असफल सावित भएकाले यसलाई सन्तुलन राख्न जरुरी छ ।

अध्ययनअनुसार हरेक १० जोडीमा चार जोडीको सम्बन्धमा पैसा आउने गरेको छ । यौन जीवनमा भने अल्पकालीन यौन सम्बन्ध जोड्नमा पैसाले प्रोत्साहन गरेको पाइएको छ । काम, पैसा र सेक्स जीवनका धेरै नै संवेदनशील कुराहरु भएकाले कुनै एक बीना जीवन अपुरो हुने निष्कर्ष बेलायती एक अध्ययन टोलीको छ । पैसाले मात्र, र यौनले मात्र जीवन सफल नहुने भएकाले यी सबै कुरालाई सन्तुलनमा राखेर अगाडि बढेमा जीवन सफल हुन्छ ।

प्रकाशित : २०७६ माघ २३ गते १२:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI