नवलपुर गैडा मर्ने क्रम रोकिएन , फेरि अर्को मृत गैडा फेला

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २३ गते १७:४२
नवलपुर गैडा मर्ने क्रम रोकिएन , फेरि अर्को मृत गैडा फेला

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सेहेरीको भुताहा पोष्ट नजिकै जंगलमा एउटा भाले गैंडा मृत भेटिएको छ । बिहीबार माछा मार्न गएका बोटेहरुले मृत गैंडा देखेपछि प्रहरी र निकुञ्ज प्रशासनलाई खवर गरेका थिए ।  गैंडा ५/७ दिन अघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक गैंडा गन्हाएको अवस्थामा भेटिएकोले केही दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो ।
निकुञ्जका टोली र प्रहरी घटनास्थलतर्फ जाँदै गरेकोले घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । गैडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । त्यस्तै गत शनिबार सेहेरीमै एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो । विशाक्त खानाका कारण गैंडा मरेको निकुञ्जका प्राविधिक टोलीले जनाएका थिए ।
त्यसैगरी दुई साता अघि कावासोती १० मगरकोटमा पनि एक गैंडाका मृत फेला परेको थियो ।

प्रकाशित : २०७६ माघ २३ गते १७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI