No ads found for this position

आज पश्चिमी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २४ गते १०:०२
No ads found for this position
आज पश्चिमी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना
No ads found for this position

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोकाे समयमा पश्चिममी पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात र वर्षाको सम्भावना रहे पनि तत्काल ठूलो पानी वा हिउँ पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा शुक्रबार राति पनि सामान्य हिमपात र हल्का वर्षाको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो।

अहिले देशको पहाडी भेगको केही ठाउँमा आंशिकदेखि सामान्य बादल लागेको र बाँकी ठाउँमा सामान्यतया मौसम सफा रहेको उहाँले जानकारी दिनुभयो।  

प्रकाशित : २०७६ माघ २४ गते १०:०२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI