No ads found for this position

कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने चिकित्सको कोरोनाकै कारण ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २४ गते १०:१५
No ads found for this position
कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने चिकित्सको कोरोनाकै कारण ज्यान गयो
No ads found for this position

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गकाे पनि कोरोनाकै कारण ज्यान गएको छ ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए। तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै ‘हिरो’ काे रुपमा चर्चा गरिएको थियो। यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरुमा घरबाहिर साथमा भोजन गर्न रोक लगाइएको छ। केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ। साथै कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको पनि छ। 

चीनका केही शहरमा मास्क समाप्त भएको समाचार पनि बाहिरिएका छन्। यसैबीच चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ।

गएकाे २४ घण्टामा थप ७३ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो। यस्तै चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ।

प्रकाशित : २०७६ माघ २४ गते १०:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI