No ads found for this position

चीनलाई नेपालले सहयोग गर्‍यो एक लाख मास्क

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते ७:२५
No ads found for this position
चीनलाई नेपालले सहयोग गर्‍यो एक लाख मास्क
No ads found for this position

कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अभाव भएको चीनमा नेपालले एक लाख थान दिएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेका हुन् । सरकारले चीनलाई एक लाख थान मास्क सहयोग गर्ने निर्णय बिहीबार गरेको थियो । 

विश्वमा आपत्काल घोषित कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्दै नेपालले छिमेकी मुलुकलाई मास्क सहयोग गरेको हो । यसअघि नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले तिब्बतमा १२ हजार थान मास्क पठाएको थियो ।

नेपालको सहयोग ग्रहण गर्दै राजदूत यान्छीले भाइरसविरुद्धको लडाइँमा नेपालले चीनलाई देखाएको साथको प्रशंसा गरिन् । संकटको सबैले मिलेर सामना गर्नुपर्ने उनको भनाइ छ । कोरोना संक्रमणबाट चीनमा ६ सय ४० को मृत्यु भइसकेको छ । ३२ हजारभन्दजा बढी संक्रमित छन् । 

प्रकाशित : २०७६ माघ २५ गते ७:२५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI