सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते ९:३१
सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ। केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन्। 

प्रकाशित : २०७६ माघ २५ गते ९:३१
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI