अख्तियारमा कार्यरत प्रहरी हवल्दार चार लाख घूससहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते १०:११
अख्तियारमा कार्यरत प्रहरी हवल्दार चार लाख घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत प्रहरी हवल्दार बावुराम घिमिरे घुससहित पक्राउ परेका छन् ।

चार लाख २० हजार रुपैयाँ घुससहित हवल्दार घिमिरे र राजकुमार सुलाकारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका निर्देशक (डीआईजी) निरज शाहीले जानकारी दिए।

उनले सीआईबीमा कार्यरत प्रहरी रहेको बताउँदै सिआईबीले पक्राउ गर्नुपर्ने मान्छेहरुको सूचीमा तपाईंको रहेको भन्दै एक सुन व्यापारीसँग घूस लिएको पाएपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ सूचीबाट नाम हटाइदिने भन्दै उनले सुन व्यापारीसँग २५ लाख रुपैयाँमा डिल गरेको डीआईजी शाहीले बताए । उनीहरुलाई सिआईबीले काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

घिमिरे अख्तियारको कम्यूटर शाखामा कार्यरत थिए । सिआईबीको पक्राउ गर्नुपर्ने सूचीमा नाम नभए पनि उनले त्रास देखाएर घुस लिएका थिए ।

प्रकाशित : २०७६ माघ २५ गते १०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI