No ads found for this position

पत्रकार महासंघ नवलपुरका अध्यक्ष रानाभाट सम्मानित

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते १७:०७
No ads found for this position
पत्रकार महासंघ नवलपुरका अध्यक्ष रानाभाट सम्मानित
No ads found for this position

हरेक बर्ष प्रदान गरिदैं आएको लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७६ बाट यस बर्ष गण्डकी प्रदेशबाट नेपाल पत्रकार महासंघ पुर्बी नवलपरासीका अध्यक्ष होमराज रानाभाट सम्मानित हुनु भएको छ । बाल क्यान्सर दिबसका अबसरमा आज चितवनको भरतपुरमा आयोजित बिशेष समारोहमा सात प्रदेशबाट सात जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । गण्डकी प्रदेशबाट नेपाल पत्रकार महासंघ पुर्बी नवलपरासीका अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्बाददाता होमराज रानाभाटलाई पत्रकारिता मार्फत सामाजिक रुपानतरण र बिकासमा पुरयाएको योगदानको उच्च मुल्याकंन गर्दै सम्मानित तथा पुरुस्कृत गरिएको आयोजक स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले बताउनुभयो ।


लायन्स क्लब क्यान्सर दिबसका अबसरमा हरेक बर्ष सात प्रदेशबाट सात जना पत्रकारलाई पुरुस्कृत गरिदै आएको सो पुरुस्कारबाट पुर्बी नवलपरासीमा अनबरत रुपमा पत्रकारिता क्षेत्रको माध्यमबाट समाजमा परिबर्तन ल्याउन महत्वपुर्ण भूमिका खेलेको भन्दै पत्रकार रानाभाटलाई सम्मान गरिएको आयोजक लायन्स क्लब अफ नारायणीका अध्यक्ष राममाया जोशीले बताउनुभयो ।


पत्रकार रानाभाट करीब २० बर्ष देखि पत्रकारीतामा क्रियाशील रहँदै आउनुभएको छ भने पत्रकारिता मार्फत समाजको बिकासमा समेत पत्रकार रानाभाटले पुरयाउनुभएको योगदानको मुल्याकंन गर्दै पुरुस्कृत गरिएको आयोजक संस्थाले जनाएका छन् ।कार्यक्रम तीन वटा संसथा मिलेर आयोजना गरेका थिए ।

प्रकाशित : २०७६ माघ २५ गते १७:०७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI