नेपाल द्वारा अमेरिका ३५ रनले पराजित: कुशल मल्लको विश्व रेकर्ड

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते १७:०३
नेपाल द्वारा अमेरिका ३५ रनले पराजित: कुशल मल्लको विश्व रेकर्ड

२५ माघ, काठमाडौं । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनले हराएको छ ।
कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका १५५ रनमै समेटियो । अमेरिकाले ४४.१ ओभरमा १५५ न बनाउँदा सबै विकेट गुमायो । नेपालको जीतमा करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लको उत्कृष्ट बलिङ पनि निर्णायक बन्यो । खेलमा ५० रन बनाएका कुशल मल्ल ओडीआई क्रिकेटको डेब्युमा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर बनेका छन् ।

प्रकाशित : २०७६ माघ २५ गते १७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI