१० दिने महिला शसक्तीकरण तथा उदघोषण तालिम सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते २१:१४
१० दिने महिला शसक्तीकरण तथा उदघोषण तालिम सुरु


टेक बहादुर रजाली/कावासोती, २५ माघ
कावासोती नगरपालिका वडा नंं ११ को आयोजनाामा १० दिन महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम आजबाट शुरु भएको छ । विभिन्न संघ संस्थामा आवद्व, वडाका अगुवा ६० जना महिलाहरु सहभागी रहेको तालिमको प्रशिक्षण केबी रानाले दिनुभएको छ ।


तालिमको सहजीकरण गर्दैै प्रशिक्षक रानाले लैंङ्गिक विभेद न्यूनिकरणका लागि महिलाहरु आत्मा निर्भर आवश्यक रहेको बताउनुभयो । तालिम तालिममा मात्रै सिमित नहोस भन्ने उद्देश्यले सशक्तिकरणसंगै उद्यमशिलता विकास समेत प्याकेजमा समावेश गरिएको उहांको भनाई छ । तालिममा महिलाहरुको क्षमता विकासका लागि उत्प्रेरणा, नेतृत्व विकास, उद्यमशिलता, महिला कानुनी साक्षरता, प्रभावकारी भाषण तथा उद्घोषण कला लगायतका विषय समावेश गरिएको छ ।


तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष शारदा प्रसाद अधिकारीले महिलाहरुको क्षमता विकाससंगै समाजको सकरात्मक परिवर्तनका तालिमले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक माया देवी पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वडा सदस्य मिरा थनेत, दुर्गा पौडेल लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन गीता ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ माघ २५ गते २१:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI