आज पहाडी क्षेत्रमा बदलीसँगै वर्षा हुने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २६ गते १०:२३
आज पहाडी क्षेत्रमा बदलीसँगै वर्षा हुने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

आज पहाडी क्षेत्रका केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ भने अरु ठाउँको मौसम सफा रहने छ।  हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएकाले पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भएपछि अन्य ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलिपनि सामान्यतया मौसम सफा नै रहने महाशाखाले जनाएको छ।  यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

माघ २६ गते (आईतबार) दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।  रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २७ गते (सोमबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। रातीः देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य र पूर्व पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २८ गते (मंगलबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। 

प्रकाशित : २०७६ माघ २६ गते १०:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI