No ads found for this position

रुचाएनन् पर्यटकले ढलान गरेर बनाइएको पदमार्ग

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते ११:०६
No ads found for this position
रुचाएनन् पर्यटकले ढलान गरेर बनाइएको पदमार्ग
No ads found for this position

विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई २ महिना अगाडि बागलुङ आएका थिए। एक रात बागलुङ बजार घुमेर उनीहरु जिल्लाकै पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे।

बाग्लुङलाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटकले त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिए।

पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले पक्की (कङ्क्रिट) पदमार्ग निर्माण थालिएको छ।

पर्यटन व्यवसायी महादेव शर्माले पर्यटकले पक्की पदमार्ग नरुचाउने बताए। उनले भने, ‘विश्व भेगन समूहलाई बागलुङमा ट्रेकिङ गराई पर्यटनको विकास गर्न एक वर्षपहिला सम्भाव्यता अध्ययन गरेका थियौँ।

अध्ययनका क्रममा पहिलेका ढुङ्गे पदमार्ग मासेर ढलान गरेर पदमार्ग बनाएको पाइयो, पक्की पदमार्ग खर्चिलोमात्र होइन पर्यटकले समेत रुचाउँदैनन्।’

प्रकाशित : २०७६ माघ २७ गते ११:०६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI