भीषण बर्षासँगै अष्ट्रेलियाको डढेलो निभ्ने क्रममा, सार्वजनिक यातायात अस्तव्यस्त

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते ११:१३
भीषण बर्षासँगै अष्ट्रेलियाको डढेलो निभ्ने क्रममा, सार्वजनिक यातायात अस्तव्यस्त

अष्ट्रेलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ। सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ।

केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ।

विगत ७४ दिनदेखि स्वालहेवन नगर नजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। सो डढेलोले ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर जलाएको थियो।

अष्ट्रेलियाली अधिकारीहरुका अनुसार बुधबारदेखि बर्षा जारी रहँदा न्यु साउथवेल्स राज्यका अधिकांश भू-भाग जलमग्न भएका छन । त्यहाँ करिव ४ सय मिलिमिटर पानी परेको छ।

बर्षापछिको बाढीले सार्वजनिक यातायात अस्तव्यस्त भएको छ। रेल तथा डुङ्गा सेवा पनि अवरुद्ध भएको छ। छन्। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्।

झन्डै एक लाख घरमा बिद्युत सेवा बन्द भएको छ। भीषण बर्षापछिको बाढी घरघरमा पसेपछि हजारौं मानिस घर छाड्न बाध्य भएका छन ।

सिड्नीबाट २ सय जनालाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन। दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको बीबीसीले जनाएको छ।

प्रकाशित : २०७६ माघ २७ गते ११:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI