शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते ११:२२
शहीद स्मारक ए डिभिजन लिगमा आज  तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज एकै दिन तीन खेल हुँदैछन।

लिगको १२ औं चरणका खेल चलिरहँदा आजको पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीचको प्रतिस्पर्धा जारी छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा एपीएफलाई हराउँदै फ्रेन्ड्स शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ।

दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दैछन। खेल मध्यान्ह १२ बजेर १५ मिनेटमा एन्फा कम्प्लेक्समै हुदैछ।

रेलिगेशनबाट जोगिएको च्यासललाई शीर्ष ६ को दौडमा गणितिय रुपमा कायम रहन सरस्वतीबिरुद्व जित चाहिएको छ।

यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछ। संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ।

प्रकाशित : २०७६ माघ २७ गते ११:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI