No ads found for this position

फोन नउठाएको भन्दै प्रेमिकाको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते ११:३२
No ads found for this position
फोन नउठाएको भन्दै प्रेमिकाको हत्या
No ads found for this position

सुनसरीको दुहवीकी सम्झना खत्री परियारको हत्या भएको छ ।

परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ३२ वर्षीया सम्झनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कृष्णश्रवण गाउँपालिका ३ घर भई मोरङको बुढीगंगा गाउँपालिका ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो।

पक्राउ परेका साहले सम्झनासँग आफ्नो तीनवर्षदेखि प्रेम सम्बन्ध रहेको र बारम्बार फोन गर्दा पनि नउठाएको झोंकमा हत्या गरेको बयानका क्रममा प्रहरीसमक्ष बताएका छन्। गत शुक्रबार विराटनगर महानगरपालिका १२ बखरीको मलहनस्थित उखुबारीमा घाँटी रेटेर हत्या गरी सलले बेरेको अवस्थामा सम्झनाको शब फेला परेको थियो।

प्रकाशित : २०७६ माघ २७ गते ११:३२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI