कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १ देखि सुरु हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते १७:३१
कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १ देखि सुरु हुदै

कावासोती/माघ २७
कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कावासोती १६ डण्डामा हुने भएको छ । फागुन १ देखि ३ गते सम्म जनता माध्यामिक बिद्यालय डण्डामा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो । सामुदायिक १६, संस्थागत ११, कक्षा ११ र १२ संचालन गरेका ३ बटा क्याम्पसहरुले प्रतियोगितामा सहभागी जनाउने शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार कार्यक्रम सम्पन्न गर्न नगरले साढे ३ लाख रुपैँयाँ र अन्य खर्च व्यवस्थापन गर्ने जनता माविले व्यर्होने समेत जानकारी गराईएको छ । यसरी नगरमा छनौट भएका विद्यार्थी जिल्ला, प्रदेश र राष्ट्रिय रुपमा सहभागी हुन पाउने छन् । प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपर्दी, मार्सल आर्ट लगायतका दर्जन बढी खेल खेल्नको लागि तयारी गरिएको जनता माध्यामिक बिद्यालयका अध्यक्ष आन्नद श्रेष्ठले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार प्रतियोगिताको लागि तयारी तिव्र पारिएको र कार्यक्रमको उद्घाटन तथा समापन भब्य बनाउन विद्यालय लागि परेको बताउनुभयो । कावासोती नगरपालिका, जिल्ला खेलकुद विकास, समिति र कार्यक्रमको व्यवस्थापन गर्ने जनता माविको समन्वयमा प्रतियोगिता हुनेछ । उक्त खेलमा सहभागी हुन सम्पूर्ण बिद्यालयलाई नगरपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित : २०७६ माघ २७ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI