No ads found for this position

अन्य औलाहरुको तुलनामा माँझी औला किन लामो हुन्छ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते १७:४४
No ads found for this position
अन्य औलाहरुको तुलनामा माँझी औला किन लामो हुन्छ?
No ads found for this position

हाम्रो हातका औलाहरुमध्ये माझी औला अर्थात् बिचको औला सबैभन्दा लामो हून्छ। माझी औला किन अरु औला भन्दा लामो भयो भन्ने सवालमा विकासवादी शरीर विज्ञान विद्हरुले विकासवादी दृष्टिकोणमा विचार दिएका छन्। उनीहरुले यसको विश्लेषणका लागि सममिती सिद्धान्तलाई अंगालेका छन्।

उनीहरुको अध्ययन प्राणीका अङ्गहरुको भित्री विज्ञहरु माझी औला लामो हुनुमा हाम्रो पुर्खा पन्चधारी जीव भएको पुष्टि मिलेको बताउन्छन्। हाम्रो शरीरलाई सन्तुलनमा राख्न लामो माझी औलाले भुमिका खेलेको उनीहरु बताउँछन्। माझी औला लामो हुनुको बिश्लेषणमा विकासवादी शरीर विज्ञान विद्हरुले पनि सममिति सिद्धान्तलाई नै पछ्याएका छन्।

तर उनीहरुको एउटा थप पक्ष यस सिद्धान्तमा जोडेका छन्। त्यो हो बन्दको ज्यामिति। जब हामी आतलाई मठ्ठी पारी बन्द गर्दछौं तब सबै औलाले हत्केलाको सतह छुन्छन्। माझी औला लामो हुँनाले नै यस्तो सम्मभव भएको हो। यो बन्दको ज्यामिति हो। यहि ज्यामितिको कारणले नै जब वस्तु हातले समात्छ तब सबै औलाले समान काम गरेका हुन्छन्। औलाहरुको यो खास आकारले हातको औलाहरुको उत्कृष्ट कामलाई सम्भव तल्याएको छ।

केही मानवशास्त्री सममिति सिद्धान्त र बन्दको ज्यामितिलाई मान्न तयार छैनन्। उनीहरुको मानव उद्विकासको अध्ययनमा मानव जातिको नजिकको नातेदारका रुपमा रहेको कुनै प्राइमेट प्रजातिमा हातको चौथो औला लामो भएको भेट्टाएका छन्। उनीहरुका अनुसार यो तथ्यले उल्लेखित सिद्धान्तलाई स्वीकार्न दिँदैन। तर ती मानवशास्त्रीले कुनै छुट्टै सिद्धान्त भने प्रतिवादन गरेका छैनन्।

प्रकाशित : २०७६ माघ २७ गते १७:४४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI