सरकारले विकासका योजना कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते १७:४४
सरकारले विकासका योजना कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला

सरकारले विकासका लागि बनाएको योजना कार्यान्वयन गर्न नसक्दा विकासका काम अगाडि बढन नसकेको नेपाली काग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन । सोमवार नवलपुरको कावासोतीमा नेपाल तरुण दल नवलपुरले आयोजना गरेको । रक्तदान कार्यक्रममा बोल्दै सरकारले अहिले धेरै विकासका कामहरु गर्न नसकेको बताए । डा कोइरालाले देशमा उत्पादन घट्दै गएको बताउदै सरकारले अहिले रेल,पानीजहाज भन्दा पनि देशमा उत्पादको बृद्धि कसरी गर्ने भन्नेमा ध्यान पुर्याउनुपर्ने बताए । उनले देशमा १७ लाख हेक्टर खेतियोज्ञ जमिन भएको र त्यसले ९ करोड जनतालाई खाद्यान्न पुर्याउन सक्ने हुदा पहिले सरकारले उत्पादनका विषयमा बढि चासो दिनु पर्ने बताए ।

उनले तरुणदलले समाजमा हुने बिकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल तरुणदल जिल्ला सभापति सुर्य गुरुङको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरे ।

प्रकाशित : २०७६ माघ २७ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI