No ads found for this position

लीगमा बलियो आर्मी, ब्रिगेड ब्वाईज ३–० ले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते ११:१८
No ads found for this position
लीगमा बलियो आर्मी, ब्रिगेड ब्वाईज ३–० ले पराजित
No ads found for this position

शहीद स्मारक ए डिभिजन लीगमा त्रिभुवन आर्मी क्लब उपाधी होड कायमै राखेको छ । आर्मी लीग तालिकाको शीर्ष स्थान उक्लिएको।  एन्फा कम्प्लेक्स सातदोवाटोमा आज विहान भएको खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० गोल अन्तरले हरायो। पहिलो हाफको पाचौ मिनेटमा आर्मीका कप्तान भरत खवासको गोलबाट अग्रता लिएको आर्मी पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो।

दोस्रो हाफको ५४ औं मिनेटमा आर्मीका लागि विकास तामाङले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनायो। खेलको ७० ‍औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले अर्को गोल गर्दै उपाधिका लागि आफ्नो दाबेदारी पक्का गर्‍यो।  लीगमा कमजोर देखिएको ब्रिगेडले बलियो आर्मीको पोष्टमा एक गोल पनि गर्न सकेन।

उपाधी दाबेदार आर्मीले १२ खेल खेल्दा ९ खेलमा जीत निकालेकाे छ। आर्मीले दुई खेलमा बराबरी गरेको थियो। आर्मी डिफेन्डिङ च्याम्पियन मनाङसँग १–० ले पराजित भएको थियो भने गत संस्करणको उपविजेतासँग १–१ गोलको बराबरी खेलेको थियो। यो लीगमा निकै बलियो देखिएको आर्मीले न्युरोड टिम एनआरटीलाई पनि जित्न सकेन। एनआरटीले उसलाई गोलरहित बराबरीमा रोकेको थियो।  उपाधिका लागि आर्मीको अन्तिम भेट फागुन ३ गते तालिकको दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबसँग हुने छ। यी दुई बीचको खेलले यो वर्षको ए डिभिजन लीगको नयाँ च्याम्पिन पाउने छ। 

प्रकाशित : २०७६ माघ २८ गते ११:१८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI