No ads found for this position

दिल्ली विधानसभा चुनाव : बहुमततर्फ आम आदमी पार्टी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते ११:३६
No ads found for this position
दिल्ली विधानसभा चुनाव : बहुमततर्फ आम आदमी पार्टी
No ads found for this position

भारतको दिल्लीमा फेरि पनि आम आदमी पार्टी (आप) नै सत्तामा आउने देखिएको छ । अरबिन्द केजरीवालको नेतृत्वमा रहेको आप लगातार तेस्रोपटक सत्तामा आउने भएको हो ।

यद्यपि, उसलाई १० भन्दा बढी सिटमा घाटा भएको देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो ।

गएको शनिबार भएको विधानसभा चुनावको मतगणना मंगलबार भइरहेको छ । दिल्लीका ७० विधानसभा सिटका लागि शनिबार मतदान भएको थियो । जारी मतगणनामा आपले ५२ सिटमा अग्रता लिएको छ ।

केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले गए विधानसभा चुनावमा भन्दा सुधारिएको प्रदर्शन गरेको छ । विगतमा तीन सिट मात्रै जितेको भाजपाले अहिले १८ सिटमा अग्रता लिएको छ । कांग्रेस भने यो पटक पनि सिट बिहीन हुने देखिएको छ ।

दिल्लीमा अहिले पनि आप कै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कांग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ ।

प्रकाशित : २०७६ माघ २८ गते ११:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI