नेपाली बजारमा सुनको भाउ मङ्गलबार तोलामा एक सय रुपैयाँले घटेको छ। सुन मङ्गलबार तोलाको ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सोमबार र गएको आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार तोलामा सय रुपैयाँले घटेको हो।
चाँदी भने गएको आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित : २०७६ माघ २८ गते १२:०३
No ads found for this position
Facebook Comment