ईमबक्स नवलपरासीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १८:२७
ईमबक्स नवलपरासीको तेस्रो जिल्ला अधिवेशन  सम्पन्न

प्रेम न्यौपाने/कावासोती, २८ माघ

ईमबक्स नवलपरासीको तेस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा मंगलबार दलदलेमा सम्पन्न भएको छ। अधिवेशनले नेपाल मा.वि. का प्रधानाध्यापक शिवप्रसाद देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ।

जसको उपाध्यक्षमा दान बहादुर राना चयन हुनुभएको छ। त्यसैगरी सचिवमा कालिका मा वि देवचुलीका प्रधानाध्यापक रेशम कोइराला, सह-सचिवमा नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रे र कोषाध्यक्षमा लक्ष्मी आदर्श आधारभूत विद्यालय मध्यविन्दुका प्रधानाध्यापक ऋषिराम भुसाल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा गोपाल ज्ञवाली, रत्त्नलाल सुवेदी, मेघनाथ सुबेदी , धनमाया खड्का, लक्ष्मी शिवाकोटी, विष्णु प्रसाद न्यौपाने, महेश बराल, भानु पंगेनी, लेखराज भण्डारी,जनकराज पोख्रेल, सूर्य प्रसाद भण्डारी र केशव प्रसाद अधिकारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

त्यस्तै मिन प्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरिएको छ। जसको सदस्यहरुमा निम प्रसाद धरेल र लक्ष्मी पुडासैनी चयन हुनुभएको छ। यसअघि अधिवेशनको उद्घाटन सत्र एक समारोहका वीच सम्पन्न गरिएको थियो। इम्बक्स नवलपरासीका निवर्तमान अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय इकाई पूर्वी नवलपरासी इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रकाशित : २०७६ माघ २८ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI