No ads found for this position

नेपाल राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १८:५२
No ads found for this position
नेपाल राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न
No ads found for this position

नेपाल राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको प्रथम जिल्ला भेला कावासोतीमा सम्पन्न भएको छ।

कावासोती नवलपुरमा सम्पन्न भेलाले गोविन्द नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संघको उपाध्यक्षमा मनोज सुनार, सचिवमा गंगा विश्वकर्मा, कोषाध्यक्षमा अस्मी रम्तेल, सहसचिवमा विनोद परियार, सदस्यहरुमा सिमाना खाती, रश्मी सुनार, रेशम बि.क तथा सल्लाहकार संयोजकमा बिद्या बि.क. चयन भएका छन्।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बिष्णु प्रसाद लामिछानेले दलितहरुका हक हित र अधिकारका लागि दलित पत्रकबारहरु संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनुभयो। उहाँले पत्रकारताको माध्ययमबाट दलितहरुका मुद्धालाई राज्यको निति निर्माण तह सम्म पुर्याउन पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो। “अझै पनि समाजमा छुवाछुत जस्ता कुप्रथाहरु छन्। बिभेद अझै पनि कायम छ। अब यसलाई पुर्णतया हटाउन दलित मात्र होईन सम्पुर्ण पत्रकार एकजुट हुन पर्छ।” लामिछानेले भन्नुभयो।

उहाँले जन्मको अधारमा कोहि पनि तल्लो र उपल्लो जातको नहुने भन्दै प्रदेश सांसदको हैसियतले यस बिषयमा आफुले सम्बन्धित ठाउमा आवाज उठाउने बताउनुभयो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रीय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित पत्रकारहरु एकजुट भएर आफ्ना मुद्धाहरु उठाउन आग्रह गर्नुभयो। उहाँले दलितका मुद्धाहरु ओझेलमा पर्दे गएको स्मरण गर्दे जायज मागहरुलाइृ पत्रकारिताको माध्ययमबाट उठाउन आग्रह गनर्सभयो। सो अबसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले दलित हक हित संरक्षणका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


नेपाल राष्ट्रीय दलित पत्रकार संघ नवलपुरकाका तदर्थ समितिका संयोजक गोविन्द नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका मुख्य सल्लाहाकार राजेश सुनाम, केन्द्रीय सदस्य विनोद परियार, मुक्ती समाजका बाबुराम बि.क., सुनचाँदी व्यवसायी संघ नवलपुरका अध्यक्ष गोविन्द सुनार, विश्वकर्मा समाजको केन्द्रयि सदस्य रत्ना विश्वकर्मा लगायत बिभिन्न संघसस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित : २०७६ माघ २८ गते १८:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI