No ads found for this position

सौराहामा आजदेखि फूड फेष्टिबल सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १८:५७
No ads found for this position
सौराहामा आजदेखि फूड फेष्टिबल सुरु
No ads found for this position

चितवनको पर्यटकीय नगरी सौराहामा मंगलवार देखि १४ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ।

रेष्टुरेष्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेष्टिबलको उद्घाटन गर्दै बाग्मती प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताएका छन।

पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री नेपालले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताए। उनले बागमती प्रदेशले पर्यटन विकासलाई प्राथमिकता दिएको बताए।

कार्यक्रममा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले भ्रमण बर्ष घोषणामा मात्र सिमित हुन नहुने तर्क गरे। रत्ननगरका मेयर नारायण वनले भ्रमण बर्षलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्न नसकेको भन्दै प्रर्बधनात्मक कर्मक्रम ल्याउन आग्रह गरे।

कार्यक्रममा केन्द्रीय रेवानका अध्यक्ष अरनिकोराज भण्डारी,रेवान सौराहाका पूर्व अध्यक्ष तथा वडा अध्यक्ष राजन भट्ट,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दीपक भट्टराई,थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित : २०७६ माघ २८ गते १८:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI