No ads found for this position

आम आदमी पार्टी दिल्ली विधानसभामा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १९:३७
No ads found for this position
आम आदमी पार्टी दिल्ली विधानसभामा विजयी
No ads found for this position

भारतको राजधानी दिल्ली विधानसभामा भएको निर्वाचनमा सत्तारुढ दल आम आदमी पार्टी (आप) ले भारी सिटका साथ जितेको छ।
सो पार्टीले ७० सिटको लागि भएको निर्वाचनमा ६३ वटा सिटसहित विजयी भएको छ। यसअघि भएको चुनावमा जसरी आपले सिट संख्या जोगाउन भने सकेन। उक्त पार्टीले विगतमा ६७ वटा सिट जितेको थियो।

भारतीय जनता पार्टी (भाजपा) ले भने संघीय सरकार चलाइरहँदा दिल्लीमा पुनः हार व्यहोरेको छ। भाजपाले ७ सिटमा चित्त बुझाउनुपरेको छ भने काँग्रेस पार्टी पुनः उक्त विधानसभामा निल हुनुपरेको छ।

प्रकाशित : २०७६ माघ २८ गते १९:३७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI