No ads found for this position

एआइजीले गरे आइजी बिदाइको बहिष्कार

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १९:४१
No ads found for this position
एआइजीले गरे आइजी बिदाइको बहिष्कार
No ads found for this position

३० वर्षे सेवा अवधिका कारण आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याचीका एआइजी र डआइजीहरू मंगलबारबाट अनिवार्य अवकाशमा गए।

आइजी खनालसहित उनका ब्याचीको बिदाइमा प्रहरी प्रधान कार्यालयमा मंगलबार एक औपचारिक कार्यक्रमसमेत आयोजना गरेको थियो। तर आइजीको बिदाई कार्यक्रममा भने तीन जनै एआइजी उपस्थित भएनन्।

प्रहरी प्रधान कार्यालयभित्रै रहेको अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी पुष्कर कार्की, अर्का एआइजी ठूले राई र एआइजी धिरु बस्न्यात कार्यक्रममा थिएनन्। बस्न्यातलाई दरबन्दी नै नभएको ठाउँमा सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएकाले उनी रुष्ट थिए।

उनी आइजीको बिदाइ कार्यक्रममा सहभागी भएनन्। कार्की र आइजी खनालबीचको सम्बन्ध पनि राम्रो नभएको समाचार यस अघि पनि आइरहन्थे। उनी पनि कार्यक्रममा उपस्थित भएनन्। अर्का एआइजी ठूले राई समेत बिदाइ कार्यक्रममा उपस्थित जनाएनन्। 

त्यसो त बिदाई कार्यक्रमबारे प्रहरी प्रधान कार्यालयले सोमबार नै जानकारी गराएको थियो। उनीहरु तीनै जना काठमाडौंमै रहेर पनि बिदाइ कार्यक्रममा उपस्थित नहुनुले उनीहरू बीचको सम्बन्ध राम्रो नरहेको देखाएको एक बहालवाल उच्च प्रहरी अधिकारीले बताए। 

उनीहरूसँगै अन्य डिआइजीले समेत कार्यक्रम बहिष्कार गर्दै उपस्थित जनाएका थिएनन्। खनालसँगै ३ एआइजी र १८ डिआइजीले मंगलबारबाट अवकाश पाएका छन्। 

प्रकाशित : २०७६ माघ २८ गते १९:४१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI